Like us!
Follow us!
Connect us!
Watch us!

घोराही सिमेन्टको आईपिओमा आवेदन दिने आज अन्तिम मौका

अर्थ संसार

सोमबार, २५ असार २०८०, ०७ : ४८ मा प्रकाशित

घोराही सिमेन्टको आईपिओमा आवेदन दिने आज अन्तिम मौका

घोराही सिमेन्ट इन्डस्ट्रीको आईपिओमा आवेदन दिन आज असार २५ गते अन्तिम दिन रहेको छ। नेपाल धितोपत्र बोर्डले यस अघि अर्थात असार ४ गतेदेखि स्थगित भएको घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको आईपीओ निष्काशन असार २२ गतेदेखि पुनः सुचारु गरेको थियो।

असार २० गतेको नेपाल धितोपत्र बोर्डले स्थगित गरेको आईपीओ निष्काशन पुनः सुचारु गर्न निर्देशन दिएको थियो। 

कहिले सम्म दिने आवेदेन ?

अब कम्पनीको आईपीओ असार २४ गते, आइतबारसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसारको आवेदन नपरेमा खण्डमा असार ३१ गतेसम्म निष्काशन अवधि लम्बिने कम्पनीले जानकारी दिएको छ। 

सेयर संख्या थप/घट गर्न वा आवेदन फिर्ता गर्न सकिने 

सेबोनले दिएको निर्देशन अनुसार यस अघि आईपीओ भरेर आवेदन दिइसकेका आवेदकहरुले असार २२ गतेदेखि २४ गतेसम्मको अवधिमा आवेदनमा दिएको सेयर संख्या थप /घट गर्न वा आवेदन फिर्ता वा बदर गर्न चाहेमा आफ्नो सि आस्बा सदस्य, बैंक तथा वित्तीय संस्थाहरुमा गई लिखित निवदेन दिन सकिने सूचनामा उल्लेख छ। यसरी आवेदन दिसकेपछि निवेदन सच्याउन सकिने पहिलो पटक विशेष परिस्थितिमा गरिएको हो। 

प्रिमियमको आईपीओ

घोराही सिमेन्टको यस आईपीओ कम्पनीले प्रति सेयर कित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गर्दै प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्काशन गरिएको हो। 

कति दिने आवेदन ?

यसआईपीओमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्ताका र अधिकतममा १० लाख कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन। 

कसरी दिने आवेदन ?
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्गको  ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

बिक्री प्रबन्धक 

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेका छन्। 

रेटिङ्ग 
 केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको