Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको एकीकृत निर्देशन पछि बजार घटेको घट्यै, मङ्गलबार थप १९ अङ्कको गिरावट

अर्थ संसार

मंगलबार, २३ असोज २०८०, १५ : १३ मा प्रकाशित

राष्ट्र बैंकको एकीकृत निर्देशन पछि बजार घटेको घट्यै, मङ्गलबार थप १९ अङ्कको गिरावट

राष्ट्रबैंकले गत बिहीबार सेयरबजारसँग सम्बन्धित सेयर धितो कर्जा लगायत विषय समेटेर क,ख र ग वर्गका इजाजतप्राप्त संस्थाका लागि एकीकृत निर्देशन ल्याएपछि शुरु भएको नेप्सेको गिरावट मङ्गलबार पनि जारी नै रहेको छ ।

आइतबार ३५ अङ्कको गिरावट भोगेको बजार सोमबार थप १२.५८ अङ्कले घटेको थियो । मङ्गलबार पनि बजार १९.०६ अङ्कले घटेर १८८९.५९ अङ्कमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन कुल एक अर्ब १७ करोड १ लाख ७२ हजार सात सय २२ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने बढेर एक अर्ब २८ करोड ३१ लाख ८२ हजार एक सय ४५ रुपैयाँमा पुगेको छ ।

आज सर्वाधिक कमाउनेतर्फ अप्पर लोहोरे हाइड्रो, इन्फिनिटी लघुवित्त र गुराँस लघुवित्त कम्पनी रहे । उक्त कम्पनीहरुको सेयर मूल्य ४ प्रतिशत भन्दा बढीले वृद्धि भयो । आइतबार सर्वाधिक गुमाउनेमा बाराही हाइड्रो रह्यो । उक्त कम्पनीहरुको सेयरको मूल्य ७.६४ प्रतिशतले घट्यो । यसैगरी रावा हाइड्रो, श्री फाइनान्स, श्वेतगङ्गा हाइड्रो, मनकामना स्मार्ट लघुवित्त, इस्टर्न हाइड्रो, अप्पर सोलु हाइड्रोको सेयर पनि ५ प्रतिशतको हाराहारीमा घट्न पुगे ।

बिहीबार हाइड्रो उपसूचक सर्वाधिक १.७९ प्रतिशतले घट्दा होटल एन्ड टुरिजम उपसूचक १.५८ प्रतिशतले र नन लाइफ इन्स्योरेन्स १.६९ प्रतिशतले घटे । आज कुनै पनि उपसूचक बढ्न भने सकेन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको