Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई ब्यालेन्स्ड फन्ड–१ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

बुधबार, २४ असोज २०८०, ०८ : १३ मा प्रकाशित

आइएमई ब्यालेन्स्ड फन्ड–१ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

ग्लोबल आइएमई क्यापिटलले सञ्चालित म्युचुअल फन्डग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड–१ को लाभांश सुरक्षित गर्ने आज असोज २४ अन्तिम दिन रहेको छ । 

फन्डले असोज २५ गतेलाई  बुक क्लोज तोकेको छ । तसर्थ, आज आजसम्म कायम रहेका इकाईधनीले मात्र फन्डले घोषणा गरेको नगद लाभांश पाउनेछन् । ग्लोबल आएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको उक्त म्युचुअल फन्डले पाँच करोड १२ लाख ८८ हजार एक सय ८० रुपैयाँ बराबर लाभांश दिन लागेको हो । असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश घोषणा गरेको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको