Like us!
Follow us!
Connect us!
Watch us!

आजको घटाई : मसान्तको सेलिङ प्रेसर कि दशैं खर्चको जोहो?

अर्थ संसार

विहीबार, २५ असोज २०८०, १६ : ३२ मा प्रकाशित

आजको घटाई : मसान्तको सेलिङ प्रेसर कि दशैं खर्चको जोहो?

यो साता कारोबार भएको पाँच दिनमध्ये चार दिन बजार घट्यो भने एक दिन बुधबार मात्र बजारमा सामान्य वृद्धि भयो ।

आइतबार ३५ अङ्क, सोमबार १२.५८ अङ्क तथा मङ्गलबार पनि बजार १९.०६ अङ्कले घटेको बजार बिहीबार थप २०.१६ अङ्कले घटेको छ । यो साता बुधबार एक दिन मात्र बजार ५.१६ अङ्कले बढेको छ । यसरी हेर्दा यो साता सेयरबजारमा ८२.३२ अङ्कको गिरावट आएको छ । अघिल्लो साता १९५६.९२ अङ्कमा बन्द भएको बजार यो साता १८७४.६ अङ्कमा बन भएको छ ।

अघिल्लो बिहीबार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशिका जारी गर्दै केही नीतिगत परिवर्तन गरेको थियो । नयाँ परिवर्तित नीति अनुसार सेयर धितो कर्जाको सीमा विस्तार भएर अब एकल ग्राहक कर्जा सीमा १५ करोड र संस्थागत लगानीकर्ताका लागि कर्जा सीमा २० करोड पुर्याइएको छ । तर त्यसपछि निरन्तर झरेको बजारको गिरावट एक सातासम्मै थामिएको छैन ।

साताको कारोबारको पहिलो दिन १.८ अर्बको कारोबार हुँदा त्यसपछिका दिन भने कारोबारमा गिरावट आउँदै क्रमश : १.१७, १.२८ र १.०८ अर्ब बराबरको दैनिक कारोबार भएको छ । बजार घट्दै गर्दा कारोबार पनि घट्दै गर्दा स्वाभाविक मानिए पनि बिहीबार भने इन्डेक्स झर्दा कारोबारमा उल्लेख्य वृद्धि भयो । बिहीबार बजार झर्दै गर्दा पनि १.७ अर्ब बराबरको कारोबार भएको छ ।

यसरी बिहीबार घट्दो बजारमा पनि कारोबार बढ्नुका पछाडि तीन कारण प्रमुख रहेको अनुमान गर्न सकिन्छ । पहिलो कारण आउँदो असोज मसान्त र त्रैमासको अन्त्य रहेको छ जसलाई ऋणको किस्ता तिर्ने समयका रुपमा पनि लिइने सकिन्छ । सेयर बजार नै पैसा निकाल्ने सबैभन्दा सहज माध्यम भएको हुँदा आज कतिपय सेयरहरुमा लगानीकर्ताले पाएकै मूल्यमा सप्लाई छोडेका थिए । आगामी तीन दिनसम्म बिदा हुने हुँदा असोजमै पैसा निकाल्न बिक्री गर्ने आजै अन्तिम दिनसमेत रहेको छ ।

आज बजार घट्नुको अर्को कारण आउँदो चाडबाडको खर्चको जोहो गर्नसमेत लगानीकर्ताले सप्लाई दिएको हुनसक्ने अनुमान गर्न सकिन्छ । चाडबाड नजिकिँदै गर्दा पैसाको जोहो गर्न धेरै समय बाकिँ नरहेको हुँदा पनि आज सप्लाई प्रेसर आएको बुझ्न सकिन्छ ।

साथै करिब २ बजेपछि १८८० को मनोवैज्ञानिक सपोर्टसमेत बजारले भत्काए पछि इन्डेक्समा तीव्र गिरावट र सेलिङ प्रेसर देखिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको