Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल र बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल विरुद्ध अख्तियारमा उजुरी दर्ता !

अर्थ संसार

शुक्रबार, २६ असोज २०८०, १२ : ०३ मा प्रकाशित

धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल र बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल विरुद्ध अख्तियारमा उजुरी  दर्ता !

लगानीकर्ता केशव कोइरालाको नेतृत्वमा लगानीकर्ताको एक समूह नियामक निकायका अध्यक्षहरु अध्यक्ष रमेशकुमार हमाल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल तथा कार्यकारी निर्देशक राजु रमण पौडेल विरुद्ध आज अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेका छन्। 

बीमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक व्यवस्था विपरित अख्तियारको दुरुपयोग गरी बीमा कम्पनीहरुलाई प्रिमियममा साधारण सेयर जारी गर्न दिएर भ्रष्टाचार गरेको हुँदा सो घटनाको छानविन गरी संलग्न दोषीहरु उपर कारबाही प्रचलित कानून बमोजिम हदैसम्म गरिपाउ भन्दै लगानीकर्ताले उजुरी दर्ता गरेका हुन्। 

उजुरीमा नेपाल धितोपत्र बोर्डकाअध्यक्ष रमेशकुमार हमाल, कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेललगायत (जो, जो संलग्न छन् ) ले बीमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक ब्यवस्था विपरित अख्तियारको दुरुपयोग गरी सिटिजन लाईफ, सन नेपाल लाईफ, आईएमई लाईफ र रिलायवल लाईफसहित चार वटा बीमा कम्पनीहरुलाई अंकित मूल्य भन्दा बढी रकम सर्बसाधारणबाट माग गर्न दिने गरी आव्हानपत्र स्वीकृत गरी कानून विपरितको कार्य र अख्तियार दुरुपयोग उजुरीमा उल्लेख छ । निजहरुले हिमालयन रि ईन्स्योरेन्सलाई अंकित मूल्य भन्दा बढी सर्बसाधारणबाट रकम माग गर्ने गरी आव्हानपत्र स्वीकृत गर्ने अन्तिम तयारी रहेको नि उजुरीमा उल्लेख गरेका छन्। 

तेस्तै लगानीकर्ताहरुले बिमा प्राधिकरणले बीमा ऐन २०७९ को दफा ४५ को ५ लाई वास्ता नै नगरी आईपीओलाई प्रिमियम स्वीकृति दिएको भन्दै नियामक विरुद्ध मुद्धा पनि हाल्ने तयारीमा छन्। 

बीमा ऐन २०७९ को दफा ४५ मा विवरणपत्र तथा सेयर निष्कासन सम्बन्धी व्यवस्था छ। साेही दफाको ५ मा सर्वसाधारणमा आईपीओ जारी गर्दा अंकित मूल्यको शतप्रतिशत रकम माग गर्नुपर्ने व्यवस्था छ। अर्थात उक्त ऐनले प्रिमियममा आईपीओ दिन मिल्ने कुरा उल्लेख गरिएको छैन। 

बीमा  ऐनमा नभएको व्यवस्थालाई बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डले प्रयोग गरेर आईपीओहरु जारी गर्न दिएको भन्दै मुद्धा हाल्ने तयारीमा लगानीकर्ता लागेको जानकारी अर्थसंसारले प्राप्त गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको