Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको लिलामी सेयर खोलियो, कतिमा कायम भयो कटअफ ?

अर्थ संसार

मंगलबार, ३० असोज २०८०, २० : ३५ मा प्रकाशित

अपि पावरको लिलामी सेयर खोलियो, कतिमा कायम भयो कटअफ ?

अपि पावर कम्पनीको लिलामी सेयर मंगलबार खोलिएको छ । अपि पावर कम्पनीमा खोलिएको अवितरित हकप्रद सेयरको बोलपत्रमा साधारण सेयरको कटअफ मूल्य १५१ रुपैयाँ १० पैसा कायम भएको छ । यधपि लिलाम कबुल गरेका चेकहरु साटिन भने बाँकी रहेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जानकारी दिएको छ। 

अपि पावरले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्बसाधारण समूह तर्फको ११ लाख ९४ हजार ९ सय ३४ कित्ता सेयर असोज १७ गतेदेखि लिलाम असोज २४ गतेसम्म खुला रहेको थियो ।

म्पनीले जारी गरेको १०स् ४ अनुपात अर्थात १० सेयर बराबर ४ सेयर भर्न पाउने हकप्रद सेयरमा रीतपूर्वक आवेदन दिएका १ लाख १० हजार ५६१ सेयरधनी आवेदकलाई १ करोड ५३ लाख ३७ हजार २०३ कित्ता सेयर बाँडफाँट गरिसकेको छ। 

कम्पनीले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता साउन ३१ गते देखि भदौ १९ गतेसम्म सेयर निष्काशन गरेको थियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको