नेपाल धितोपत्र बोर्डको संचालक समितिले ब्रोकर कमिसन घटाउने निर्णय गरेको छ । बुधबार सम्पन्न बैठकले ब्रोकर कमिसन १० प्रतिशत विन्दुले घटाउने निर्णय गरेको हो ।
अब बोर्डको बैठकको निर्णयलाई अर्थ मन्त्रालयको स्वीकृति पछ्यात मात्र कार्यान्वयनमा आउने छ ।
हालको कमिसनको माथिल्लो सिमा ०.४० प्रतिशत रहेको छ भने तल्लो सिमा ०.२७ प्रतिशत रहेको छ। अर्थमन्त्रालयले बोर्डको निर्णय स्वीकृति भए माथिल्लो सिमा घटेर ०.३६ प्रतिशत रहने र तल्लो सिमा घटेर ०.२४३ प्रतिशत रहने धितोपत्र बोर्ड स्रोतले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस