Like us!
Follow us!
Connect us!
Watch us!

एन आई सी एशिया लघुवित्तले गर्यो लाभांश घोषणा

अर्थ संसार

बुधबार, ०१ कार्तिक २०८०, २० : ०४ मा प्रकाशित

एन आई सी एशिया लघुवित्तले गर्यो लाभांश घोषणा

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आज कार्तिक १ गते साँझ बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष आ.व. २०७९/८० को लाभांश घोषणा गरेको छ। 

बैठकले गत आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु.१,७३,९४,४०,०००/– (अक्षेरुपी एक अरब त्रिहत्तर करोड चौरानब्बे लाख चालिस हजार मात्र) को १५% अर्थात रु.२६,०९,१६,०००/– (अक्षेरुपी छब्बिस करोड नौ लाख सोह्र हजार मात्र) बराबरको नगद लाभांश (कर प्रयोजन सहित) नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भई वित्तीय संस्थाको आगामी छैठौँ वार्षिक साधारण सभाबाट पारित भए पश्चात् लागु हुने गरी वितरण गर्ने निर्णय गरेको छ। 

यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापना भएको ६ वर्ष पूरा गरेको छ । यस संस्था ७४ जिल्लामा २८७ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।  यस आ.व. २०८०÷८१ को प्रथम त्रयमासको अन्त्य सम्ममा वित्तीय संस्थाले कुल २,०९,८२५ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको