Like us!
Follow us!
Connect us!
Watch us!

वाह ! मन्त्री हुन् त सुदन किराती जस्ता, खादामालाको रकम दिए विधालयलाई

अर्थ संसार

शनिबार, ०४ कार्तिक २०८०, ०८ : ४१ मा प्रकाशित

वाह ! मन्त्री हुन् त सुदन किराती जस्ता, खादामालाको रकम दिए विधालयलाई

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले खादामालावापतको रकम भोजपुरको अम्चोक गाउँपालिका–९ स्थित सरस्वती माविलाई हस्तान्तरण दिएका छन् । 

खदा माला वापत शुभेच्छुकहरूले चन्दा बाकसमा जम्मा गरेका रकम विद्यालयलाई हस्तान्तरण गरेका हुन्  । मन्त्री किरातीले खादामालावापत सङ्कलन रकम रु छ लाख २६ हजार ३४ एक कार्यक्रममा बीच शुक्रबार हस्तान्तरण गरेका हुन्  । 

गृह जिल्ला भ्रमणमा रहनुभएका मन्त्री किरातीले यसपटकको दसैँ चौरीपालक र भेडा पालक किसानसँग मैयुङ डाँडामा मनाउने छन् । आफू जिल्ला भ्रमणमा रहँदा स्कटिङ तथा स्वागत गेट नबनाउन प्रशासनलाई निर्देशन दिए । उनले यसपटकदेखि मञ्चमा नबस्ने तथा आफू प्रमुख अतिथि हुने कार्यक्रममा आफूलाई प्रमुख अतिथि नबनाउन पनि आग्रह गरेका छन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको