Like us!
Follow us!
Connect us!
Watch us!

जब विश्वकपमा इन्डियन कमेन्टेटरले माउन्ट एभरेस्ट इन्डियामा पर्छ भने...

अर्थ संसार

शनिबार, ०४ कार्तिक २०८०, १९ : ५१ मा प्रकाशित

जब विश्वकपमा इन्डियन कमेन्टेटरले माउन्ट एभरेस्ट इन्डियामा पर्छ भने...

भारतमा जारी क्रिकेट विश्वकपमा एक कमेन्टेटरले माउन्ट एभरेस्ट अर्थात सगरमाथामा भारतमा पर्ने बताएका छन् ।

आज श्रीलंका र नेदरल्यान्डबीच भइरहेको खेलमा सञ्जय मान्जरेकर नाम गरेका ती भारतीग कमेन्टेटरले सगरमाथा भारतमा पर्ने टिप्पणी गरेका हुन् । उनले कमेन्ट्रीका बखत भनेका छन्, "india has the highest peak in the world, Mount Everest, so it can go lot higher than Dharamshala."

धर्मशाला रंगशाला भारतको उचाईमा रहेको रंगशाला हो । त्यसै सन्दर्भमा उनले अझै माथिसम्म पनि भारतीय रंगशाला हुनसक्ने आशयको अभिव्यक्ति दिएका हुन् । उनको उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि नेपाली खेलप्रेमी आक्रोशित भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको