Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ कृषि कम्पनीको पहिलो चरणको आईपीओ निष्काशन खुला

अर्थ संसार

शुक्रबार, १० कार्तिक २०८०, ०७ : ५४ मा प्रकाशित

मुक्तिनाथ कृषि कम्पनीको पहिलो चरणको आईपीओ निष्काशन खुला

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आज (कात्तिक १० गते) देखि पहिलो चरणको आईपीओ निष्काशन खुला गरेको छ । कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

नेपाल धितोपत्र बोर्डबाट यस कम्पनीले आफ्नो जारी पूँजी ७० करोड रुपैयाँको २० प्रतिशतले  १४ करोड रुपैयाँ बराबरको सर्वसाधारणलाई सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जस मध्य कम्पनीले पहिलो चरणको सोको १० प्रतिशतले हुन आउने १ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो। 

अरु जानकारी 

कति दिने आवेदन ?

न्यूनतम -१० कित्ता

अधिकतममा -१००० कित्ता

कहिले सम्म दिने आवेदन ?

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कार्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन्।

को हो बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड  रहेको छ।

कहाँबाट दिने आवेदन ?

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

रेटिङ्ग 

रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको