Like us!
Follow us!
Connect us!
Watch us!

आज खण्डग्रास चन्द्रग्रहण, अपरान्ह ४:११ बजेदेखि सूतक लाग्ने

अर्थ संसार

शनिबार, ११ कार्तिक २०८०, ०८ : २४ मा प्रकाशित

आज खण्डग्रास चन्द्रग्रहण, अपरान्ह ४:११ बजेदेखि सूतक लाग्ने

आज शनिबार यो वर्षकै एक मात्र खण्डग्रास चन्द्रग्रहण लाग्दैछ ।

दशैंको अन्तिम दिन अर्थात कोजाग्रत पूर्णिमाका दिन लाग्न लागेको चन्द्रग्रहणको सूतक अपरान्ह चार बजेर ११ मिनेट जाँदा शुरु भई राति दुई बजेर ३८ मिनेट जाँदा ग्रहणको मोक्ष हुनेछ । रातिको एक बजेर १९ मिनेटबाट सुरु हुने यस ग्रहण एक बजेर ५९ मिनेट सम्म देख्न सकिनेछ ।

चन्द्र ग्रहणको सूतक ग्रहण लाग्नु ९ घण्टा अघि नै सुरु हुँदा यस बेला कुनै किसिमको शुभ कार्य गर्न नहुने बताइन्छ । ग्रहणका समयमा खानपान नगरी जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रहरुमा उल्लेख गरिएको छ । ग्रहण पछि खोला या तीर्थस्थलमा स्नान गर्ने, दानपुण्यका काम गर्ने जस्ता चलन रहिआएको छ ।

आज कोजाग्रत पूर्णिमा पनि भएको हुँदा धनधान्यकी देवी भगवान् लक्ष्मी राति पृथ्वी लोकमा भ्रमणका लागि आउने विश्वासका साथ रातभर जाग्राम रहि लक्ष्मीपूजा पनि गर्ने चलन छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको