Like us!
Follow us!
Connect us!
Watch us!

सन् २०३४ को विश्वकप फुटबल साउदी अरबमा हुने

अर्थ संसार

मंगलबार, १४ कार्तिक २०८०, २० : २४ मा प्रकाशित

सन् २०३४ को विश्वकप फुटबल साउदी अरबमा हुने

अस्ट्रेलियाले हात झिकेपछि सन् २०३४ को विश्वकप फुटबल साउदी अरबमा पक्का भएको छ ।

फिफाले २०३४ को विश्वकप आयोजनाको लागि आज अक्टोबर ३१ सम्म दाबी माग गरेकोमा साउदी अरबको एक मात्र दाबी परेको हो । यस सँगै उसलाई विश्वकप आयोजनाको बाटो खुला भएको छ भने विश्वकप आयोजना गर्ने दोस्रो अरब देश बन्ने भएको छ । यस अघि कतारले सन् २०२२ मा सफल विश्वकप प्रतियोगिताको आयोजना गरिसकेको छ । यसैगरी सन् २०३० को विश्वकप आयोजना मोरक्को, पोर्चुगल र स्पेनले संयुक्त रुपमा गर्ने भएका छन् ।

प्रतियोगिता आयोजनाका लागि अस्ट्रेलियाले पनि इच्छा देखाएकोमा अन्त्यमा हात झिकेको हो । विश्वकप फुटबलको साटो अस्ट्रेलियाले २०२६ को महिला एसिया कप र २०२९ को क्लब विश्वकप आयोजनालाई प्राथमिकता दिने जनाइएको छ । फिफाले अक्टोबर ४ मा एसिया र ओसियाना क्षेत्रलाई २०३४ को विश्वकप आयोजनाका लागि दाबी माग गरेको केही मिनेटमै साउदीले विश्वकप आयोजना गर्न दाबी पेश गरेको थियो ।

कच्चा तेलसँग अधिक आश्रीत अर्थतन्त्रबाट वैकल्पिक अर्थतन्त्रतर्फ सिफ्ट हुन साउदी अरबले पर्यटन प्रबर्द्धनको हर सम्भव उपायतर्फ जोड दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको