Like us!
Follow us!
Connect us!
Watch us!

अर्नाको सिको गर्दै डिसहोमको सस्तो लोकप्रियताको पुरस्कार घोषणा, असम्भव प्रदर्शनलाई २० लाख दिने

अर्थ संसार

बुधबार, १५ कार्तिक २०८०, २० : २२ मा प्रकाशित

अर्नाको सिको गर्दै डिसहोमको सस्तो लोकप्रियताको पुरस्कार घोषणा, असम्भव प्रदर्शनलाई २० लाख दिने

आईसीसी टी-२० विश्‍वकप एसिया छनोटमा नेपाली खेलाडीलाई प्रोत्साहनका लागि पुरस्कार घोषणा गर्ने होडमा डिसहोम फाइबर नेट पनि थपिएको छ ।

अर्ना बियरले सुरु गरेको पुरस्कार घोषणाको सिलसिलामा डिसहोम पनि थपिएपनि डिसहोमको पुरस्कार स्किम भने सस्तो लोकप्रियता लागि वा क्रिकेटको खासै ज्ञान नभएको व्यक्तिले तयार पारेको जस्तो देखिएको छ । स्कीम अनुसार डिसहोमले विश्‍वकप एसिया छनोटमा अब हुने खेलमा एकै खेलमा शतक बनाई पाँच विकेट पनि लिए खेलाडीलाई २० लाख दिने घोषणा गरेको छ ।

टि ट्वान्टी खेलमा शतक बनाउन नै कठिन हुने अवस्थामा पाँच विकेटसमेत लिने प्रदर्शन खोज्नु सस्तो लोकप्रियता मात्रै भएको सामाजिक सञ्जालमा खेलप्रेमीहरुले टिप्पणी गरेका छन् । ५० ओभरको एकदिवसीय अन्तर्राष्ट्रिय खेलको इतिहासमा समेत अहिलेसम्म एकै खेलाडी शतक हानेर पाँच विकेट पनि लिएको प्रदर्शन केवल चार पटक मात्र भएको छ ।

यसैगरी डिसहोमले शतक बनाउने खेलाडीलाई १० लाख,  पाँच विकेट लिनेलाई ५ लाख, अर्धशतक हान्नेलाई एक लाख, तीन विकेट लिनेलाई एक लाख, ३५ रन बनाउनेलाई ५० हजार तथा तीन क्याच वा स्टम्पिङ गर्नेलाई पनि ५० हजार दिने घोषणा गरेको छ । यसरी शतक हान्ने र अर्धशतक हान्नेका बीच नौ लाखको फरक राखेर पुरस्कार घोषणा गर्दा खेलाडीलाई प्रोत्साहनको साटो केबल प्रमोसन खोजेको बुझ्न सकिन्छ ।

असम्भव प्रदर्शनलाई लाखौँ पुरस्कार घोषणा गर्नुभन्दा खेलाडीको प्रोत्साहनका लागि प्रदर्शन हेरेर थोरै पुरस्कार नै घोषणा गरे अझ राम्रो सन्देश जाने देखिन्छ । अर्ना बियरले भने दुई खेलमै १५ लाख भन्दा बढी रकमले खेलाडीलाई पुरस्कृत गरिसकेको छ ।

6542652be67ae.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको