Like us!
Follow us!
Connect us!
Watch us!

मेरीना इम्पेक्सले नेपाली क्रिकेट टीमलाई चालिस जोर सुट दिने

अर्थ संसार

विहीबार, १६ कार्तिक २०८०, १९ : १२ मा प्रकाशित

मेरीना इम्पेक्सले नेपाली क्रिकेट टीमलाई चालिस जोर सुट दिने

बागबजारमा रहेको मेरीना इम्पेक्सले  नेपाली क्रिकेट टीमलाई चालिस जोर सुट दिने भएको छ । मेरीना इम्पेक्स र नेपाल क्रीकेट सघंबिच  आज उक्त सम्झौता भएको हो ।

सम्झौतामा मेरीना इम्पेक्सका तर्फबाट पवन खड्का र क्यानका तर्फबाट कोषाध्यक्ष पदम बहादुर खड्काले हस्ताक्षर गरेका छन ।

टी - २० वर्ल्ड कपमा नेपाली क्रिकेट टीमको सहभागिताको प्रबल सम्भाबना रहेको बेला खेलाडिको हौसला बढाउन उक्त सहयोग गरेको मेरीना इम्पेक्स्ले जनाएको छ ।

पछिल्लो समय नेपाली क्रिकेटले देशलाई अन्तर्राष्ट्रिय स्तमा चिनाएकोले क्रिकेट टीमलाइ सहयोग गर्नुपर्ने दायित्वबोधलाई मनन गर्दै आफुहरुले सहयोग गरेको मेरीना इम्पेक्सका अर्जुन बस्नेतले बताए ।

बिगत ४१ बर्षदेखी स्तरिय शर्टिङ,शुर्टिङ तथा तेलरिङ्ग सेवा दिदै आएको मेरीना इम्पेक्स भरपर्दो सेवाका लागी परिचित छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको