Like us!
Follow us!
Connect us!
Watch us!

होटेल फरेस्ट इनले माग्यो आइपिओ निष्कासनको अनुमति

अर्थ संसार

शुक्रबार, १७ कार्तिक २०८०, १२ : १९ मा प्रकाशित

होटेल फरेस्ट इनले माग्यो आइपिओ निष्कासनको अनुमति

होटेल फरेस्ट इनले धितोपत्र बोर्डसँग आइपिओ निष्कासनको अनुमति मागेको छ ।

कम्पनीले ९८ लाख कित्ता प्राथमिक निष्कासनका लागि अनुमति मागेको हो । कम्पनीले कार्तिक १५ गते धितोपत्र बोर्डमा निवेदन दिएको थियो । यस आइपिओको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ । होटललाई केयर रेटिङ्स नेपाल लिमिटेडले केयर एनपी डबल बि- रेटिङ दिएको छ ।

कम्पनीले काठमाडौंको बूढानीलकण्ठमा १०२ रुम क्षमताको पाँचतारे होटल सञ्चालनमा ल्याउने तयारी गरेको छ । अमेरिकी होटल चेन फरेस्ट इन कै फ्रान्चाइजका रुपमा सञ्चालन गर्न होटलले इन्टरकन्टिनेन्टल होटेल ग्रुपसँग लाइसेन्स लिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको