Like us!
Follow us!
Connect us!
Watch us!

आईएमई, ग्लोबल आईएमई बैंक र  एलटीद्वारा पर्वतारोही पण्डितलाई १ लाख

सोमबार, ०६ मंसिर २०७३, ११ : १२ मा प्रकाशित

आईएमई, ग्लोबल आईएमई बैंक र  एलटीद्वारा पर्वतारोही पण्डितलाई १ लाख

अर्थ संसार
काठमाडौं–अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जरो तथा अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियसको उल्टो हिँडेर आरोहण गर्ने कीर्तिमानी विश्व आरोही संजय पण्डितलाई आईएमई लिमिटेड, ग्लोबल आईएमई बैंक र अशोक लेल्याण्डको अधिकृत विक्रेता एलटी इन्टरप्राईजेजले संयुक्त रुपमा १ लाख रुपैयाँसहित सम्मान गरेका छन् ।

आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रवन्ध निर्देशक हेमराज ढकाल, आईएमई अटोमोटिभ्सका निर्देशक सन्दिप अग्रवाल,  ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली र आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखेरेलको उपस्थितीमा सम्मान गरिएको हो । 

सम्मान कार्यक्रममा अध्यक्ष ढकालले पण्डित सहासी व्यक्तित्व भएकाले सबैले उनको नेपाललाई विश्वमा चिनाउने अभियानलाई सक्दो सहयोग गर्नुपर्ने बताए । पण्डितले सर्वोच्च शिखर सगरमाथा, आठौं अग्लो पर्वत मनास्लु,  युरोपको सर्वोच्च शिखर एलब्रस,  जापान रा अमेरिकी सर्वोच्च शिखरको सफल आरोहण गरिसकेका छन् । उनले सर्वोच्च शिखर सगरमाथासहित अरु सम्पूर्ण हिमालमा आईएमई लोगोअंकित झण्डासमेत फहराएका छन् । पण्डित एन्टार्कटिकाको सर्वोच्च शिखर आरोहणको तयारीमा छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको