Like us!
Follow us!
Connect us!
Watch us!

एशिया क्वालिफायरको उपाधिका लागि आज नेपाल र ओमन भिड्दै, खेलको टिकटको रकम भूकम्पपीडितलाई

अर्थ संसार

आइतबार, १९ कार्तिक २०८०, ०८ : २९ मा प्रकाशित

एशिया क्वालिफायरको उपाधिका लागि आज नेपाल र ओमन भिड्दै,  खेलको टिकटको रकम भूकम्पपीडितलाई

आईसीसी टी–२० विश्वकप क्रिकेटको एशिया छनोटको उपाधिका लागि आज (कात्तिक १७ गते) नेपाल र ओमानबीच फाइनल खेल हुँदैछ। खेल आज बिहान ११ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ। पाल यूएईलाई र ओमान बहराइनलाई हराउँदै फाइनलमा पुगेका हुन् ।

समूह 'ए'मा रहेका दुवै टोलीबीच लिग चरणमा भएकाे भेटमा नेपाल ओमानसँग पाँच रनले हारेकाे थियाे । समूह उपविजेता बनेर अघि बढेकाे नेपालले सेमिफाइनलमा यूएईलाई आठ विकेटले हराएर फाइनल प्रवेश गरेको हाे । 

अर्को वर्ष वेस्ट इण्डिजमा हुने टी–२० विश्वकपमा यी दुबै टोली छनोट भइसकेका छन्।

क्यानले भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने

नेपाल क्रिकेट सङ्घ (क्यान)ले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने भएको छ । 

क्यानले आइसीसी विश्वकप टी–२० को एसिया छनोटअन्तर्गत आइतबार हुने फाइनल खेलको टिकट बिक्रीबाट उठेको रकमको ५० प्रतिशत भूकम्पपीडितको सहयोगार्थ प्रदान गर्ने भएको छ । क्यानले आज विज्ञप्ती जारी गर्दै आइतबार नेपाल र ओमानबीच  त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा हुने फाइलन खेलको टिकट बिक्रीबाट उठेको रकमको आधा रकम भूकम्पपिडितलाई सहयोग गर्ने निर्णय गरेको हो । 

क्यानले भूकम्पबाट ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको