Like us!
Follow us!
Connect us!
Watch us!

भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओमा हालसम्म कति पर्यो आवेदन

अर्थ संसार

आइतबार, १९ कार्तिक २०८०, १० : २७ मा प्रकाशित

भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओमा हालसम्म कति पर्यो आवेदन

कात्तिक १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओमा मागभन्दा ४ गुणा बढी आवेदन परेको छ ।

सिडिएससीको पछिल्लो विवरण अनुसार उक्त आइपिओमा सात लाख २१ हजार दुई सय १३ जनाले ८५ लाख ५ हजार तीन सय ६० कित्ताका लागि आवेदन दिएका छन् । जबकी कम्पनीले कुल २० लाख ७५ हजार २८५ कित्ता साधारण सेयर मात्रै सर्वसाधारणका लागि निष्काशन गरेको हो । आइपिओमा आवेदन दिने मिति कात्तिक २० गतेसम्म रहेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट गर्दा बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता सेयर थपेर आवेदन खुला गरेको हो । यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको निर्माण गरेको छ भने यसै वर्ष देखि उत्पादन शुरुको पनि तयारी गरेको छ । यस योजनाको कुल अनुमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको