Like us!
Follow us!
Connect us!
Watch us!

भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओमा आवेदन दिने समय सकियो, कति पर्यो कुल आवेदन

अर्थ संसार

सोमबार, २० कार्तिक २०८०, १७ : ४२ मा प्रकाशित

भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओमा आवेदन दिने समय सकियो, कति पर्यो कुल आवेदन

कात्तिक १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओमा आवेदन दिने समय सकिएको छ ।

सिडिएससीको पछिल्लो विवरण अनुसार उक्त आइपिओमा ११ लाख ९४ हजार आठ सय २० जनाले एक करोड ३५ लाख ७६ हजार एक सय ६० कित्ताका लागि आवेदन दिएका छन् । जबकी कम्पनीले कुल २० लाख ७५ हजार २८५ कित्ता साधारण सेयर मात्रै सर्वसाधारणका लागि निष्काशन गरेको हो । आइपिओमा मागभन्दा ६.५४ गुणा धेरै आवेदन परेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट गर्दा बाँकी रहेको ४ लाख ८७ हजार ९१० कित्ता सेयर थपेर आवेदन खुला गरेको हो । यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको निर्माण गरेको छ भने यसै वर्ष देखि उत्पादन शुरुको पनि तयारी गरेको छ । यस योजनाको कुल अनुमानित लागत ५ अर्ब २० करोड रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २० करोड ८० लाख रुपैयाँ रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको