Like us!
Follow us!
Connect us!
Watch us!

सेबोनले कमिसन घटाउने निर्णयपछि 'ब्रेकअप' जस्तो गरेका पुराना र नयाँ ब्रोकरहरुको 'प्याचप', अर्थमन्त्रीसम्म पुग्यो एकिकृत डेलिगेसन

अर्थ संसार

विहीबार, २३ कार्तिक २०८०, १३ : ५१ मा प्रकाशित

सेबोनले कमिसन घटाउने निर्णयपछि 'ब्रेकअप' जस्तो गरेका पुराना र नयाँ ब्रोकरहरुको 'प्याचप', अर्थमन्त्रीसम्म पुग्यो एकिकृत डेलिगेसन

नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेपछि कुनै बेला पानी बाराबारको स्थितिमा पुगेका पुराना तथा नयाँ ब्रोकरहरु एक ठाउँमा उभिएका छन्।  

केहि समय अगाडी एक अर्काको अस्तित्वलाई स्वीकार नगरेका पुराना तथा नयाँ ब्रोकरहरु भने नेपाल धितोपत्र बोर्डले  ब्रोकर कमिसन १० प्रतिशत विन्दुले घटाउने निर्णयपछि ब्रेकअप जस्तो सम्बन्ध राखेका पुराना र नयाँ ब्रोकरहरुको  बिच प्याचप जस्तो भएको छ। उनीहरु अब एक भएर ब्रोकर कमिसन नघटाउन सबै खालको पहल गर्ने निचोडमा पुगेको देखिन्छ। 

पुराना तथा नयाँ ब्रोकरहरु अर्थमन्त्रीकोमा डेलिगेसन नै पुगेर धितोपत्र बोर्डले निर्णय गरेको कमिसन घटाउने निर्णय कार्यान्वयन नगर्न माग गरेका छन्। 

धितोपत्र बोर्डको निर्णयलाई अर्थ मन्त्रालयको स्वीकृति पछ्यात मात्र कार्यान्वयनमा आउने बुझेका ब्रोकरले अब राजनीतिक दबाब पनि दिने सल्लाहमा रहेको ब्रोकर स्रोतले अर्थसंसारलाई बतायो। 

हाल ब्रोकर कमिसनको माथिल्लो सिमा ०.४० प्रतिशत रहेको छ भने  तल्लो सिमा ०.२७ प्रतिशत रहेको छ।  अर्थमन्त्रालयले बोर्डको निर्णय स्वीकृति भए  माथिल्लो सिमा घटेर  ०.३६ प्रतिशत रहने र  तल्लो सिमा घटेर ०.२४३ प्रतिशत रहने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको