Like us!
Follow us!
Connect us!
Watch us!

मलाइका र अर्जुनको ब्रेकअप !

अर्थ संसार

शनिबार, १९ जेठ २०८१, ०९ : ४३ मा प्रकाशित

मलाइका र अर्जुनको ब्रेकअप !

मलाइका अरोरा र अर्जुन कपूरले लामो समयदेखिको प्रेम सम्बन्ध टुंगाएका छन् । भारतीय मिडियाका अनुसार दुवैले आपसी सहमतिमा आफ्नो सम्बन्धलाई पूर्ण विराम लगाउने निर्णय गरेको बताइएको छ । 

मलाइका र अर्जुनले आफ्नो मित्रतालाई कायमनै राख्दै प्रेम सम्बन्धबाट छुट्टिने निर्णय गरेको रिपोर्टमा उल्लेख छ । 

अर्जुन र मलाइकाको सम्बन्धको २०१८ देखि सार्बजनिक रुपमा बाहिर आएको थियो, जब उनीहरू एक फेशन शो कार्यक्रममा सँगै देखिएका थिए । मलाइकाको ४५औं जन्मदिनमा उनीहरुले सामाजिक सञ्जालमा आफ्नो सम्बन्धको पुष्टि गरेकि थिइन् ।

यसलाई आधिकारिक बनाएपछि उनीहरुले एकअर्काको परिवारसँग समय बिताउन थालेका थिए । कफी विथ करणमा अर्जुनको उपस्थितिमा पनि, उनले आफ्नो प्रेम जीवन र उनीहरूको सम्बन्धलाई अर्को स्तरमा लैजाने योजनाहरूको बारेमा कुरा गरेकी थिइन् ।

मलाइका अरोराले २०१७ मा अरबाज खानसँगको आफ्नो १९ बर्ष लामो वैवाहिक सम्बन्धको अन्त्य गर्दै लग भएकी थिइन् । अरबाजसँग उनको एक छोरा रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको