Like us!
Follow us!
Connect us!
Watch us!

तिहार अघिको अन्तिम कारोबारमा दोहोरो अङ्कले घट्यो बजार

अर्थ संसार

विहीबार, २३ कार्तिक २०८०, १५ : ४२ मा प्रकाशित

तिहार अघिको अन्तिम कारोबारमा दोहोरो अङ्कले घट्यो बजार

तिहार अघिको अन्तिम कारोबारमा सेयरबजार दोहोरो अङ्कले घटेको छ । अघिल्लो तीन दिनसम्म बढेको बजार बिहीबार भने ११.८५ अङ्कले घटेको हो ।

बिहीबार ११.८५ अङ्कले घटेर नेप्से परिसूचक १८५२.०८ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ७८ करोड २७ लाख ४३ हजार दुई सय ६४ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने बढेर ८३ करोड ६० लाख ५ हजार ६ सय ५६ रुपैयाँ पुगेको छ । आज बजार घट्दा कारोबार भने बढेको हो  ।

आज सर्वाधिक कमाउनेतर्फ सयपत्री हाइड्रो र ओरियन्टल होटल रहे । उक्त कम्पनीहरुको सेयर मूल्य ४ प्रतिशत भन्दा बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने मध्ये माउन्टेन इनर्जी, एसबिआई बैंक र मायाखोला हाइड्रो रहे । ती कम्पनीको मूल्य ६ प्रतिशतभन्दा बढीले घट्यो ।

आज अन्य उपसूचक सर्वाधिक १.५५ प्रतिशतले घट्दा फाइनान्स उपसूचक १.३१ प्रतिशतले र लाइफ इन्स्योरेन्स उपसूचक ०.६५ प्रतिशतले घट्यो । आज कुनै उपसूचक बढ्न भने सकेन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको