Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको हकप्रद नेप्सेमा सुचीकृत

अर्थ संसार

शुक्रबार, २४ कार्तिक २०८०, १३ : ११ मा प्रकाशित

अपि पावरको हकप्रद नेप्सेमा सुचीकृत

अपि पावर कम्पनीको ४० प्रतिशत हकप्रद सेयर नेप्सेमा सुचीकृत भएको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख रुपैयाँको ४० प्रतिशत अर्थात १० कित्ता बराबर नयाँ ४ कित्ता अनुपातमा हकप्रद सेयर जारी गरेको थियो । १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर नेप्सेमा सुचीकृत भएको हो । हकप्रद निष्काशन गरेपछि अपि पावरको चुक्ता पूँजी ४ अर्ब ७८ करोड ६५ लाख रुपैयाँ पुगेको छ । 

हकप्रद बिक्रीबाट उठेको रकम कम्पनीले नौगडगाढ जलविद्युत आयोजना (८.५ मे.वा)को ३२ करोड २९ लाख ९० हजार ५९०.४३ रुपैयाँ, अप्पर नौगडगाढ जलविद्युत आयोजना (८ मे.वा.) को १ अर्ब ५ करोड ८८ लाख ५० हजार रुपैयाँ, चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजना (४ मे.वा.) को २१ करोड ६५ लाख ८३ हजार ४७५ रुपैयाँ, ढल्केवर सौर्य विद्युत आयोजना (१ मे.वा.) ४ करोड ४३ लाख ५० हजार रुपैयाँ र सिमरा सौर्य विद्युत आयोजना (१ मे.वा.) को ४ करोड २८ लाख रुपैयाँ विद्युत उत्पादन गरिरहेको आयोजनाहरुको ऋणमोचन गर्ने कम्पनीले जनाएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको