Like us!
Follow us!
Connect us!
Watch us!

मल्टिपर्पस फाइनान्सको हकप्रद सेयर नेप्सेमा सुचीकृत

अर्थ संसार

शुक्रबार, २४ कार्तिक २०८०, १३ : १९ मा प्रकाशित

मल्टिपर्पस फाइनान्सको हकप्रद सेयर नेप्सेमा सुचीकृत

मल्टिपर्पस फाइनान्सको ३५ प्रतिशत हकप्रद सेयर नेप्सेमा सुचीकृत भएको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशत अर्थात १०० कित्ता बराबर नयाँ ३५ कित्ता अनुपातमा हकप्रद सेयर जारी गरेको थियो । फाइनान्सको १०० रुपैयाँ अंकित मूल्यका १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर नेप्सेमा सुचीकृत भएको हो । हकप्रद निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ पुगेको छ । 

हकप्रद सेयर निष्काशनबाट संकलन भएको २ करोड रुपैयाँ तरलता कायम गर्न नेपाल राष्ट्र बैंकमा मौज्दात कायम गर्न, ३ करोड ८२ लाख रुपैयाँ कर्जा तथा लगानी प्रवाह गर्न, २ करोड रुपैयाँ शाखा विस्तार गर्न र बाँकी ८ करोड सरकारी ऋणपत्र खरिद गर्न प्रयोग गर्ने जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको