Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउन अर्थसमितिको निर्देशन

अर्थ संसार

शुक्रबार, २४ कार्तिक २०८०, १९ : १६ मा प्रकाशित

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउन अर्थसमितिको निर्देशन

फाइल फोटो

अर्थ समितिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ ।

आज (शुक्रबार) बसेको समितिको बैठकले नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।

यस अघि यसै समितिले लामो विरोध र चौतर्फी दबाबपछि प्रतिनिधि सभाको अर्थ समितिले जेठ २९ गते नयाँ स्टक एक्सचेञ्ज र नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रिया तत्कालका लागि रोक्न निर्देशन दिएको थियो ।  पछि असार ५मा समितिले ब्रोकर लाईसेन्स प्रक्रिया अघि बढाउन नेपाल धितोपत्र बोर्डलाई अनुमति दिएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि रोकिएको धितोपत्र बजार सञ्चालनका लागि अनुमति दिने विषयमा अर्थ समितिमा दुईवटा उजुरी परेका थिए  । जेठ ७ गते कास्कीका विनोद तिमील्सिनाको नामबाट ‘धितोपत्र बजार सञ्चालनको सिफारिस प्राप्तिका लागि ४५ दिनको समायावधि तोकि पुनः सूचना गरियोस्’ भन्दै उजुरी परेको थियो । त्यस्तै, नेप्से कर्मचारी सङ्घले पनि जेठ ७ गते नै नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स सम्बन्धमा उजुरी दर्ता गराएको थियो।

“नेपाल धितोपत्र बोर्डबाट २०७९ चैत ३० गते १० दिनको मात्र म्याद राखी पुनः सूचना प्रकाशित गरिएकाले धितोपत्र बजार सञ्चालनको सिफारिस प्राप्तिका लागि धितोपत्र बजार सञ्चालनका लागि सङ्गठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस गर्ने सम्बन्धित निर्देशिका २०७९ बमोजिम ४५ दिनकै म्याद राखी पुनः प्रकाशित गरियोस्”, विनोद तिमील्सिनाले दायर गरेको उजुरीमा उल्लेख थियो ।

तेस्तै नेप्से कर्मचारी सङ्घले दायर गरेको उजुरीमा ‘स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्नका लागि मन्त्रिपरिषद्बाट निर्णय भएपनि धितोपत्र बोर्डबाट हालसम्म सो निर्णय पालना भएको औपचारिक जानकारी नभएको’ उल्लेख थियो ।

त्यस पछ्यात अर्थ समितिले अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डलाई पत्र पठाउँदै उक्त निर्णय कार्यान्वयन गर्न भनेको थिई । “धितोपत्र दलाल र धितोपत्र व्यापारीको अनुमति प्रदान गरिएको सम्बन्धमा न्यूनतम मापदण्ड पूरा गरेरनगरेको विषयमा समितिले छानबिन गरी निष्कर्ष नपुगेसम्म इजाजतसम्बन्धी सम्पूर्ण प्रक्रिया तत्काल स्थगित गर्न नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिने निर्णय भएको छ”, समितिले पठाएको पत्रमा भनिएको थियो। ब्रोकरको लाइन्सेन्सको बारेमा छि असार ५ मा समितिले ब्रोकर लाईसेन्स प्रक्रिया अघि बढाउन नेपाल धितोपत्र बोर्डलाई अनुमति दिएको थियो भने नयाँ स्टक एक्सचेञ्जले आज अर्थ समितीले अघि बढाउन निदेशन दिएको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको