अर्थसंसारले लगानीकर्ताको हकहितको खबरदारी गर्दै निरन्तर खबरदारी : हिमालयन रिको वेबसाईट त चल्यो, तर छैन दिन्छु भनेको सूचना ! शीर्षकमा आईपिओ निष्काशनको तयारीमा रहेको हिमालयन रि इन्स्योरेन्सले आफ्नो आवहान पत्रमा उल्लेख गरेको आफ्नो आधिकारिक वेबसाइट मार्फत प्रदान गर्छु भनेको विवरण पत्र आफ्नो पोर्टल (https://himalayanre.com) मा अझै नराखेको समाचार प्रकाशित गरेको थियो।
कम्पनीले आफ्नो आवहान पत्रमा उल्लेख गरेको अनुसार सूचना कम्पनीको आधिकारिक वेबसाइट, नियामक सेबोनको वेबसाइट तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइटमा समेत कतै विवरण पत्र नभेटिएको उल्लेख थियो।
अर्थसंसारले समाचार प्रकाशित गरेपछि अहिले हिमालयन रि इन्स्योरेन्सको विवरण पत्र कम्पनीको आधिकारिक वेबसाइट, नियामक सेबोनको वेबसाइट तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइटमा समेतमा उपलब्ध भएको छ।
अब कम्पनीको आईपिओमा लगानी गर्न इच्छुक लगानीकर्ताले उक्त विवरण पत्र अध्ययन गरेर आफुले गर्ने लगानीको निर्णय लिन सक्नेछन।
यस अघि आईपिओ निष्काशनको सूचना निकालेर तयारीमा लागेको हिमालयन रि इन्स्योरेन्स लिमिटेडको वेबसाइट केहि दिन देखि नचलेको समाचार उठाएपछि कम्पनीले आफ्नो आधिकारी वेबसाईट केहि घण्टा अगाडी देखि सुचारु गरेको थियो।
हिमालयन रिले पहिलो चरणको आईपीओ मंसिर ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। यसअघि कम्पनीले कात्तिक २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भनिएको आईपिओको मिति एकाएक परिवर्तन गरेको थियो।
आईपीओ सार्नुको कारण तिहारलाई देखाइएको थियो तर, कार्तिक २१ गते मात्रै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले त्यहाँ परेको उजुरीका विषय समेटेर धितोपत्र बोर्ड, बीमा प्राधिकरण र कम्पनी रजिस्ट्रारको कार्यालयलाई सात दिनभित्र जवाफ दिन पत्र लेखेको थियो । सोहि कारण पनि आईपीओको मिति परिवर्तन भएको आकलन धेरै विश्लेषकले अनुमान लगाएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस