अर्थसंसारले आईपिओ निष्काशनको सूचना निकालेर तयारीमा लागेको हिमालयन रि इन्स्योरेन्स लिमिटेडको वेबसाइट केहि दिन देखि नचलेको समाचार उठाएपछि कम्पनीले आफ्नो आधिकारी वेबसाईट केहि घण्टा अगाडी देखि सुचारु गरेको छ ।
तर अझै पनि कम्पनीले आफ्नो आवहान पत्रमा उल्लेख गरेको आफ्नो आधिकारिक वेबसाइट मार्फत प्रदान गर्छु भनेको विवरण पत्र अझै पनि आफ्नो पोर्टल (https://himalayanre.com) मा राखेको छैन।
कम्पनीले आफ्नो आवहान पत्र उल्लेख गरेको कुरा हेर्नुहोस :
पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले खुलाउने तयारीमा लागेको कम्पनीले आईपिओको मुखैमा समेत विवरण पत्र लगानिकर्तालाई उपलब्ध नगर्नुले कम्पनी अब आफ्नोमा भित्राउदै गरेको लगानीकर्ता प्रति जवाफ देही देखिएको छैन भन्ने देखिएको छ भने अर्को तर्फ लगानीकर्ता सूचनाको हकबाट बन्चित बनेका छन्।
विवरणपत्र न सेबोनको वेबसाइटमा छ न एनएमबि क्यापिटलको
सामान्यत नेपाल धितोपत्र बोर्डले आईपिओ निष्काशनको सूचना निकालेपछि कम्पनीको विवरण पत्र आफ्नो आधिकारिक वेबसाइट लगानीकर्ताको जानकारीका लागि अपलोड गर्ने गरेको हुन्छ। तर आईपिओ निष्काशन मिति तय गरिसकेको हिमालयन रि इन्स्योरेन्सको हकमा भने अझै सर्वसाधारणलाई यस कम्पनीको विवरणपत्र अपलोड गरिएको छैन।
नियामक मात्र होइन यस आईपिओ निष्काशनको बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइटमा समेत कतै विवरण पत्र भेटिदैन। यसरी सार्वजनिक सूचना उल्लेख गरेर सूचना नदिनाले कम्पनीको बारेमा जानकारी लिन खोज्ने लगानीकर्तालाई यस कम्पनीको सूचना तथा जानकारी लिन हम्मेहम्मे परेको छ। अझ कम्पनीमा सर्वसाधारणलाई प्रवेश गराउन आवहान नै गरेपछि कम्पनीको सूचना पब्लिकमा पुर्याउने कम्पनीको जिम्मेवारी पनि हुन्छ।
मिति परिवर्तनले लगानीकर्ता अलमलमा !
हिमालयन रिले तिहार अगाडी एक सूचना जारी गर्दै निष्काशन गर्ने भनिएको आईपिओ परिवर्तन गर्यो। रिले यस अघि कात्तिक २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भनिएको आईपिओको मिति एकाएक परिवर्तन गर्दै मंसिर ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भनेर मिति तोकेको छ।
आईपीओ सार्नुको कारण नेपालीहरुको आउदै गरेको चाड तिहारलाई देखाइएको छ। तर, कार्तिक २१ गते मात्रै प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले त्यहाँ परेको उजुरीका विषय समेटेर धितोपत्र बोर्ड, बीमा प्राधिकरण र कम्पनी रजिस्ट्रारको कार्यालयलाई सात दिनभित्र जवाफ दिन पत्र लेखेको थियो । सोहि कारण पनि आईपीओको मिति परिवर्तन भएको आकलन धेरै विश्लेषकले अनुमान लगाएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस