Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन रिको प्रथम चरणको आईपीओ खुला, प्रिमियम सहितको मुल्यमा आवेदन दिन पर्ने

अर्थ संसार

सोमबार, ०४ मंसिर २०८०, ०८ : २१ मा प्रकाशित

हिमालयन रिको प्रथम चरणको आईपीओ खुला, प्रिमियम सहितको मुल्यमा आवेदन दिन पर्ने

हिमालयन रि इन्स्योरेन्स लिमिटेडको प्रथम चरणको आईपीओ आज मंसिर ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले यसअघि  कात्तिक २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भनिएको आईपिओ निष्काशनको मिति एकाएक परिवर्तन गरेको थियो ।अब कम्पनीले अब मंसिर ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो।

कम्पनीले हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर निष्काशन गर्ने नेपाल धितोपत्रबाटअनुमति प्राप्त गरेको थियो। जसमध्य पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता निष्काशन गर्ने तय भएको हो। यी संगै कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता र सामूहिक लगानी कोषहरुका लागि १५ लाख कित्ता पनि सेयर निष्काशन गर्न छुटाइएको छ। 

१०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर निष्काशन खुला गरेको हो। 

कति दिने आवेदन ?

लगानीकर्ताले न्यूनतम न्यूनतम १० कित्ता देखि अधिकतम ३ लाख कित्ता सम्म माग  गर्दै आवेदन दिन सकिनेछ ।

कहिलेसम्म दिने आवेदन ?

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले आईपिओमा मंसिर १८ गतेसम्म खुला रहने छ। 

को हो बिक्री प्रबन्धक ?

यसमा बिक्री प्रबन्धकको कामएनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ ।

कहाँबाट दिने आवेदन ?

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्राणालीमार्फत आवेदन दिन सक्नेछन्।

रेटिङ्ग

आईपीओ निष्काशनका लागि गरिएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ। यस रेटिङ्गले समयमै वित्तीय दायित्व बहन गर्न कम्पनी पर्याप्त रुपमा सुरक्षित रहेको जनाउ दिन्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको