Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने समय थपियो

अर्थ संसार

आइतबार, ०१ पुस २०८०, ०७ : २६ मा प्रकाशित

हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने समय थपियो

हिमालयन रि इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने समय थप गरेको छ। कम्पनीले आईपीओ निष्काशन ढिलोमा पुस ११ गते बन्द हुने भनेको छ। तर माग अनुसार आवेदन प्राप्त भए अर्को सूचना प्रकाशन गरि  कुनै पनि दिन निष्काशन बन्द हुने कम्पनीको सुचनामा उल्लेख छ। 

 

कम्पनीले आईपीओ सर्वसाधारणलाई मंसिर  २७ गतेदेखि खुला गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर निष्काशन खुला गरेको हो। 

कम्पनीले मङ्सिर ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुलाइसकेको छ । पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३० लाख कित्ता सेयर निष्कासन गरेको थियो । उक्त आइपिओमा ३४ हजार दुई सय छ जनाले ४५ लाख ८२ हजार छ सय ७० कित्ता सेयरका लागि आवेदन दिएका थिए।

हिमालयन रिइन्स्योरेन्सले हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर निष्काशन गर्ने नेपाल धितोपत्रबाटअनुमति प्राप्त गरेको थियो । वैदेशिक रोजगारमा रहेका नेपालीलाई छुट्ट्याइएको १० प्रतिशत बाहेक कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि ६ लाख कित्ता र सामूहिक लगानी कोषहरुका लागि १५ लाख कित्ता पनि सेयर  बाँडफाँट पश्चात् सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री खुला गरेको हो ।

त्यस बाहेकको २ करोड ४९ लाख कित्ता सेयर कम्पनीले सर्वसाधारणमा लागि निष्काशन गर्न लागेको हो ।

कति दिने आवेदन ?

लगानीकर्ताले न्यूनतम न्यूनतम १० कित्ता देखि अधिकतम ३ लाख कित्ता सम्म माग  गर्दै आवेदन दिन सकिनेछ ।

कहिलेसम्म दिने आवेदन ?

 ढिलोमा पुस ११ गतेसम्म खुल्ने। 

को हो बिक्री प्रबन्धक ?

यसमा बिक्री प्रबन्धकको काम  एनएमबि क्यापिटल लिमिटेड गर्नेछ ।

कहाँबाट दिने आवेदन ?
 नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्राणालीमार्फत आवेदन दिन सक्नेछन्।

रेटिङ्ग
आईपीओ निष्काशनका लागि गरिएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ। यस रेटिङ्गले समयमै वित्तीय दायित्व बहन गर्न कम्पनी पर्याप्त रुपमा सुरक्षित रहेको जनाउ दिन्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको