Like us!
Follow us!
Connect us!
Watch us!

आधा वाणिज्य बैंकले लाभांश घोषणा गर्नु अघि नै माछापुच्छ्रे बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

मंगलबार, ०५ मंसिर २०८०, १२ : ३८ मा प्रकाशित

आधा वाणिज्य बैंकले लाभांश घोषणा गर्नु अघि नै माछापुच्छ्रे बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

माछापुच्छ्रे बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ ।

उक्त बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको १३.३ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले कुल एक करोड ३६ लाख ४२ हजार १७ कित्ता सेयर आफ्ना सेयरधनी बोनस दिएको थियो । अब सेयरधनीको डिम्याट खाता सेयर जम्मा भएपछि ती सेयर दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

बैंकले असोज १८ गते साधारणसभा गरि लाभांश प्रस्ताव पारित गरेको थियो । कुल २० मध्ये करिब आधा वाणिज्य बैंकले लाभांश प्रस्ताव गर्न बाकिँ नै रहँदा माछापुच्छ्रे बैंकले भने लाभांश वितरण गरि बोनस सेयर नेप्सेमा सूचीकृतसमेत गराइसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको