Like us!
Follow us!
Connect us!
Watch us!

युनाईटेड इदी मर्दीको बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

सोमबार, ०७ जेठ २०८१, ११ : ४९ मा प्रकाशित

युनाईटेड इदी मर्दीको बोनस सेयर नेप्सेमा सूचीकृत

युनाईटेड इदी मर्दी एन्ड आरबि हाइड्रोपावर लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि कम्पनीले दिएको ५.५ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । यस अनुसार अब कम्पनीको थप २ लाख ३१ हजार कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ । कम्पनीले ५.५ प्रतिशत बोनस सेयर र ०.२८९ प्रतिशत नगद गरि कुल ५.७८९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बोनस पछी कम्पनीको चुक्ता पुँजी ४४ करोड ३१ लाख रुपैयाँ पुगेको छ । उक्त कम्पनीको हिजो प्रतिकित्ता ३५९.५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको