Like us!
Follow us!
Connect us!
Watch us!

समता घरेलु लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

सोमबार, ०७ जेठ २०८१, ११ : ०६ मा प्रकाशित

समता घरेलु लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

आर्थिक वर्ष २०७९/८० का लागि बैंकले दिएको ५.४२२२ प्रतिशत बोनस सेयर आज नेप्सेमा लिस्टिङ भएको हो । यस अनुसार अब कम्पनीको थप २ लाख १३ हजार ७२०.७१ कित्ता सेयर दोस्रो बजारमा खरिद बिक्री योग्य हुनेछ । कम्पनीले ५.४२२२ प्रतिशत बोनस सेयर र ०.२८५४ प्रतिशत नगद गरि कुल ५.७०७६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बोनस पछी कम्पनीको चुक्ता पुँजी ४१ करोड ५५ लाख २७ हजार ८ सय रुपैयाँ पुगेको छ । उक्त कम्पनीको हिजो प्रतिकित्ता ९३८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको