बुधबार सेयरबजार दोहोरो अङ्कले बढेको छ । अघिल्लो दिन २३.८२ अङ्कले घटेको बजारमा आज भने सुधार आएको छ ।
बुधबार २०.६७ अङ्कले बढेर नेप्से परिसूचक १८५०.३३ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल ९५ करोड ४ लाख ७९ हजार ५ सय ८३ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने बढेर एक अर्ब ८ करोड ७० लाख ९८ हजार ४ सय ९५ रुपैयाँ पुगेको छ । आज बजार सँगै कारोबार रकम पनि बढेको हो ।
आज सर्वाधिक कमाउनेतर्फ बुद्धभूमि नेपाल हाइड्रो, पञ्चकन्या माई हाइड्रो, माथिल्लो मैलुङ खोला हाइड्रो र पिपल्स हाइड्रो रहे । उक्त कम्पनीहरुको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने मध्ये सयपत्री हाइड्रो र स्वाभिमान लघुवित्त रहे । ती कम्पनीको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।
आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक ३.४९ प्रतिशतले बढ्दा हाइड्रो उपसूचक २.३६ प्रतिशत र अन्य उपसूचक १.८४ प्रतिशत बढ्यो । आज म्युचुअल फन्ड उपसूचक मात्रै ०.०३ प्रतिशतले घट्यो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस