Like us!
Follow us!
Connect us!
Watch us!

अनेपेक्षित लाभांश पछि नबिल बैंकको सेयर मूल्य नेगेटिभ सर्किटकै हाराहारीमा कारोबार

अर्थ संसार

विहीबार, ०७ मंसिर २०८०, १४ : ०५ मा प्रकाशित

अनेपेक्षित लाभांश पछि नबिल बैंकको सेयर मूल्य नेगेटिभ सर्किटकै हाराहारीमा कारोबार

सर्वसाधारणले अपेक्षा गरेभन्दा निकै कम लाभांश प्रदान गरेपछि बिहीबार नबिल बैंकको सेयर मूल्य नेगेटिभ सर्किटकै हाराहारीमा कारोबार भइरहेको छ ।

बैंकले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट ११ प्रतिशत लाभांश घोषणा गरेको थियो । लाभांश घोषणा पछि निराश देखिएका लगानीकर्ताले लगातार सप्लाई दिँदा उक्त कम्पनीको सेयरमा ९ प्रतिशत भन्दा बढीको गिरावट आइसकेको छ । बुधबार ५ सय ६१ रुपैयाँमा अन्तिम कारोबार भएको नबिलको सेयर मूल्य आज ५०५ रुपैयाँसम्म झरेको थियो । त्यसपछि भने सामान्य सुधार हुँदै ५१० रुपैयाँमा कारोबार भइरहेको छ ।

सेयर भाउ घटेपनि नबिल बैंकको सेयरको उच्च कारोबार भएको छ । हालसम्म कम्पनीको करिब एक लाख ६५ हजार कित्ता कारोबार भइसकेको छ । उच्च बजार पुँजीकरण रहेको नबिलको सेयर भाउ घट्दा समग्र सेयरबजार नै ओरालो लागेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको