Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकका नवनियुक्त अध्यक्ष निर्वाण कुमार चौधरीले लिए पद तथा गोपनीयताको शपथ

अर्थ संसार

बुधबार, ३० पुस २०८२, १५ : १८ मा प्रकाशित

नबिल बैंकका नवनियुक्त अध्यक्ष निर्वाण कुमार चौधरीले लिए पद तथा गोपनीयताको शपथ

नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नेपाल राष्ट्र बैंकमा आज आयोजित विशेष कार्यक्रममा अध्यक्ष चौधरीले औपचारिक रूपमा शपथ लिएका हुन्।

बैंक सञ्चालक समितिको २०८२ पुस २८ गते सम्पन्न ६९९औं बैठकले चौधरीलाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको थियो।

चौधरी ग्रुपका प्रबन्ध सञ्चालक रहेका चौधरीले समूहअन्तर्गतका विभिन्न कम्पनीहरूमा सञ्चालकका रूपमा जिम्मेवारी सम्हाल्दै आएका छन्। व्यवसायसँगै समाजसेवामा पनि सक्रिय उनी चौधरी फाउण्डेशनका उपाध्यक्ष तथा नेपाल उद्योग परिसंघ (सीएनआई) का वरिष्ठ उपाध्यक्षसमेत रहेका छन्।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकबाट डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरु रामु पौडेल, गुरुप्रसाद पौडेल, दयाराम शर्मा तथा दीर्घबहादुर रावल, निर्देशक निरा ताल्चाभडेल र सञ्चालक समितिका सचिव तथा निर्देशक शरणकुमार अधिकारी तथा नबिल बैंकबाट बैंकका सञ्चालकहरू मलय मुखर्जी, अनन्त पौड्याल, प्रविन टिवडेवाला, सरिता भट्ट अधिकारी, अनिल केशरी शाह, प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली, नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र कम्पनी सचिव भिष्म नेउपाने लगायतको उपस्थिति थियो ।

नबिल बैंकले देशभर २६८ शाखा सञ्जालसहित ३२१ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आफ्ना सबै सरोकारवालासँग मिलेर सँगै अघि बढ्ने विश्वास राखेको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसाथ गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको