Like us!
Follow us!
Connect us!
Watch us!

तेस्रो पटक नबिल बैंकलाई आइक्यानको गोल्ड अवार्ड

अर्थ संसार

बुधबार, १७ असार २०८३, १० : ४१ मा प्रकाशित

तेस्रो पटक नबिल बैंकलाई आइक्यानको गोल्ड अवार्ड

नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका तीन वटा प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । नबिल बैंकले लगातार तेस्रो पटक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा प्रदान गरिने निजी क्षेत्रको बैंक तर्फको गोल्ड अवार्ड प्राप्त गरेको छ।

यसका साथै बिपिए पुरस्कारको इतिहासमै पहिलो पटक प्रदान गरिएको ‘कर्पोरेट गभर्नेन्स डिस्क्लोजर अर्वार्ड’ र ‘सस्टेनेबिलिटी रिपोर्टिङ अवार्ड’ दुवैतर्फ सर्टिफिकेट अफ मेरिट पनि बैंकले पाएको छ। यस वर्ष पहिलो पटक प्रदान गरिएका यी दुई विधा तथा तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन (गोल्ड) गरी एकैपटक तीनवटा अवार्डबाट नबिल बैंक सम्मानित भएको छ।

मंगलबार काठमाडौंमा आयोजित एक समारोहबीच आइक्यानका अध्यक्ष सि।ए। निलबहादुर सारु मगरद्वारा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र वित्त प्रमुख सन्दिप बाबु पौडेललाई उक्त अवार्डहरु हस्तान्तरण गरे।  आइक्यानले आर्थिक वर्ष २०२५ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा यो अवार्ड दिएको हो। अवार्ड छनोटमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता, सुशासन र दीगोपना जस्ता मापदण्ड राखिएको थियो । नबिल बैंकलाई यी सबैमा अब्बल ठहर गर्दै उक्त अवार्ड प्रदान गरिएको आइक्यानले जनाएको छ ।

नबिल बैंकले सन् २०२३ र २०२४ को वार्षिक प्रतिवेदका लागि पनि यो पुरस्कार पाएको थियो। बैंकको उक्त पुरस्कृत वार्षिक प्रतिवेदन नेपालको तर्फबाट दक्षिण एसियाली स्तारमा आयोजना गरिने साफा बिपिए अवार्डका लागि समेत मनोनित हुने आयोजक संस्थाले जनाएको छ। नबिल बैंकले देशभर २६६ शाखा सञ्जालसहित ३१८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको तथा आफ्ना सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने विश्वास राखेको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसात् गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको