Like us!
Follow us!
Connect us!
Watch us!

सेयरबजार बढ्ने क्रम जारी, कारोबार रकममा पनि सुधार

अर्थ संसार

विहीबार, ०७ मंसिर २०८०, १५ : १० मा प्रकाशित

सेयरबजार बढ्ने क्रम जारी, कारोबार रकममा पनि सुधार

बुधबार दोहोरो अङ्कले बढेको सेयरबजार बिहीबार पनि थप ९.८७ अङ्कले बढेको छ ।

आज ९.८७ अङ्कले बढेर नेप्से परिसूचक १८६०.२० विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल एक अर्ब ८ करोड ७० लाख ९८ हजार ४ सय ९५ रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम भने बढेर एक अर्ब ३४ करोड ८३ लाख ४७ हजार ४ सय ३० रुपैयाँ पुगेको छ । आज बजार सँगै कारोबार रकम पनि बढेको हो  ।

आज सर्वाधिक कमाउनेतर्फ बुद्धभूमि नेपाल हाइड्रो, थ्री स्टार हाइड्रो, सिक्लेस हाइड्रो र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स रहे । उक्त कम्पनीहरुको सेयर मूल्य ८ प्रतिशत भन्दा बढीले वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने मध्ये नबिल बैंक, किसान लघुवित्त र सपोर्ट लघुवित्त रहे । ती कम्पनीको सेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।

आज लाइफ इन्स्योरेन्स उपसूचक सर्वाधिक ३.३७ प्रतिशतले बढ्दा नन लाइफ इन्स्योरेन्स उपसूचक १.८६ प्रतिशत र विकास बैंक उपसूचक १.७५ प्रतिशत बढ्यो । आज बैंकिङ उपसूचक सर्वाधिक ०.७२ प्रतिशतले घट्दा लघुवित्त उपसूचक ०.२८ प्रतिशत र अन्य उपसूचक ०.१ प्रतिशतले घट्यो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको