Like us!
Follow us!
Connect us!
Watch us!

पोखरामा पनि मनाइयो कर सप्ताह, जाल्पा लघुवित्त बन्यो बैंक तथा वित्त सेवातर्फ सर्वाधिक कर तिर्ने करदाता

अर्थ संसार

विहीबार, ०७ मंसिर २०८०, १९ : ४४ मा प्रकाशित

पोखरामा पनि मनाइयो कर सप्ताह, जाल्पा लघुवित्त बन्यो बैंक तथा वित्त सेवातर्फ सर्वाधिक कर तिर्ने करदाता

आन्तरिक राजस्व कार्यालय पोखराले विभिन्‍न कार्यक्रमहरूको आयोजना गरी राष्ट्रिय कर दिवस तथा कर सप्‍ताह कार्यक्रम-२०८० सम्पन्न गरेको छ । 

“स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन” भन्ने नारा सहित बिहिबार एक कार्यक्रमकाबीच राष्ट्रिय कर दिवस तथा कर सप्ताह सम्पन्न गरिएको हो । कार्यक्रममा आयकरतर्फ धेरै कर तिर्ने करदाताहरूलाई सम्मान गरिएको छ । जसमा बैंक तथा वित्तिय सेवातर्फ जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, व्यापार तर्फ माछापुच्छ्रे मेटल एण्ड मेशीनरी वर्क्स प्रा.लि. र उद्योग तर्फ कर्माचार्य वेक्स एण्ड फुड्स प्रा.लि. सम्मानीत भएका छन् । कार्यक्रममा उत्कृष्ट कर्मचारी टाइपिष्ट नायब सुब्बा कृष्णहरी गौतमलाई सम्मान गरिएको छ । 

आन्तरिक राजस्व कार्यालय पोखराले कार्तिक मसान्त सम्ममा राजस्व संकलन लक्ष्यको १०१.६८ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ । कार्यालयको ६ अर्ब ३९ करोड ४६ लाख ८१ हजार राजस्व संकलन गर्ने वार्षीक लक्ष्य रहेकोमा कात्तिक मसान्त सम्ममा १ अर्ब ३८ करोड ४८ लाख ७९ हजार राजस्व संकलन भएको छ । कार्यालयले कार्तिक मसान्तसम्मका लागि निर्धारित लक्ष्यको आयकरतर्फ १३४.५ प्रतिशत, अन्तः शुल्क तर्फ ११६.३६ प्रतिशत र  मू.अकर तर्फ ७८.१४ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ ।

आन्तरिक राजस्व कार्यालय पोखरामा कार्तिक मसान्त सम्ममा आयकरमा ६६ हजार ८ सय ७५ करदाता दर्ता भएका छन् । यसैगरी मू.अ.करमा १२ हजार ९३, अन्तः शुल्कमा ४ हजार चार सय ६० दर्ता भएका छन् । व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको संख्या एक लाख ६२ हजार तीन सय ९० पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको