Like us!
Follow us!
Connect us!
Watch us!

सेयर अभौतिकीकरण गराउन आँखुखोला जलविद्युतको आग्रह

अर्थ संसार

मंगलबार, ०७ मंसिर २०७८, १२ : ५१ मा प्रकाशित

सेयर अभौतिकीकरण गराउन आँखुखोला जलविद्युतको आग्रह

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले संस्थापक तथा आयाेजना प्रभावित बासिन्दा (स्थानीय) शेयरधनीहरूलाई सेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ । 

कम्पनीले एक सूचना प्रकाशन गर्दै आयोजना प्रभावित बासिन्दा तथा सर्वसाधारणका लागि निष्कासन गरेको सेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत भइसकेको भन्दै सेयर अभौतिकीकरण नगरेका संस्थापक शेयरधनीहरु र आयोजना प्रभावित क्षेत्रका बासिन्दा शेयरधनीहरूलाई सेयर अभौतिकीकरण गर्न अनुराेध गरेकाे हाे ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले कम्पनीको सेयर रजिष्ट्रार सिभिल क्यापिटल मार्केट लिमिटेड, सिटिसि मल, सुन्धाराबाट आफ्नाे सेयर सर्टिफिकेट लिई आफ्नो निक्षेप सदस्यकोमा सम्पर्क गरी DRN मार्फत् सहज तरिकाबाट सेयर अभौतिकीकरण गर्न सक्नेछन् ।

त्यसैगरी, संस्थापक शेयरधनीको हकमा भने पुरानो सर्टिफिकेट लिएर कम्पनीको सेयर रजिष्ट्रार सिभिल क्यापिटल मार्केट लिमिटेड, सिटिसि मल, सुन्धाराबाट नयाँ सर्टिफिकेट लिई आफ्नो निक्षेप सदस्यकोमा सम्पर्क गरी DRN मार्फत् सहज तरिकाबाट अभौतिकीकरण गर्न सक्ने सूचनामा उल्लेख छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको