मङ्सिर ८ गते देखि खुलेको मुक्तिनाथ कृषि कम्पनीको आइपिओ पहिलो दिनमै १.६ गुणाले ओभरसब्सक्राइब्ड भएको छ ।
सिडिएससीको पछिल्लो विवरण अनुसार उक्त आइपिओमा एक लाख ६४ हजार ८ सय ४२ जनाले १८ लाख ४४ हजार ८ सय ७० कित्ताका लागि आवेदन दिएका छन् जबकी कम्पनीले ११ लाख ४८ हजार कित्ताका लागि मात्र आवेदन माग गरेको थियो । मुक्तिनाथ कृषि कम्पनीले धितोपत्र बोर्डबाट प्रति शेयर एक सय रुपैयाँ अङ्कित दरमा १४ लाख कित्ता साधारण निष्कासन गर्न अनुमति पाएको थियो ।
यसमध्ये १० प्रतिशतले हुन आउने एक लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, तीन प्रतिशतले हुन आउने ४२ हजार कित्ता शेयर निष्काशनकर्ता कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि र पाँच प्रतिशतले हुन आउने ७० हजार कित्ता शेयर सामूहिक लगानी कोष योजनाहरुका लागि छुट्ट्याइएको छ । आइपिओ निष्कासनपश्चात् कम्पनीको चुक्ता पुँजी ७० करोड पुग्नेछ जसमध्ये प्रमोटरको हिस्सा ८० प्रतिशत र सर्वसाधारणको हिस्सा २० प्रतिशत रहनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस