Like us!
Follow us!
Connect us!
Watch us!

कस्तो रहयो अघिल्लो साताको सेयरबजार?

अर्थ संसार

शनिबार, ०९ मंसिर २०८०, २१ : ०४ मा प्रकाशित

कस्तो रहयो अघिल्लो साताको सेयरबजार?

तिहार र छठपछि खुलेको शेयर बजारमा पहिलो साताको कारोबार अवस्था हेर्दा सुधारको सङ्केत देखिएको छ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आठ दशमलव ११ अङ्कले बढेर एक हजार आठ सय ६० दशमलव २० को बिन्दुमा कायम छ ।

यो साताको पहिलो कारोबार सोमबार भएको थियो । एक हजार आठ सय ५२ दशमलव ०९ को बिन्दुबाट कारोबार सुरु भएको नेप्से परिसूचकमा पहिलो दिन झिनो अङ्कको सुधार देखिएको थियो । सोमबार नेप्से परिसूचक एक दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ४८ अङ्कमा कायम भएको थियो ।

सातामा कारोबारको दोस्रो दिन नेप्से परिसूचकमा २३ दशमलव ८२ अङ्कको गिरावट देखियो । मङ्गलबार परिसूचक एक दशमलव २८ प्रतिशतले घटेर एक हजार आठ सय २९ दशमलव ६५ को बिन्दुमा कायम भएको थियो । त्यस्तै, तेस्रो दिन बुधबार परिसूचक २० दशमलव ६७ अङ्कले बढेर एक हजार आठ सय ५० दशमलव ३३ अङ्कमा कायम भएको थियो भने साताको अन्तिम दिन बिहीबार नौ दशमलव ८७ प्रतिशतले बढेर एक हजार आठ सय ६० दशमलव २० अङ्कमा कायम भएको छ ।

यो सातामा रू चार अर्ब ४८ करोड ५२ लाख ४३ हजार पाँच सय ३९ बराबरको कारोबार भएको छ । सातामा कारोबार भएका शेयर सङ्या एक करोड ५६ लाख २८ हजार चार सय ६२ कित्ता बराबर रहेको छ ।

यो साताको पहिलो दिनको कारोबारपछि रू २८ खर्ब ५७ अर्ब ७५ करोड ९० लाख १० हजार बराबर रहेको बजार पुँजीकरण अन्तिम दिनको कारोबारपछि २८ खर्ब ६८ अर्ब १२ करोड तीन लाख ६० हजार कायम भएको छ । एक सातामा बजार पुँजीकरण रू १० अर्ब ३६ करोड १३ लाख ५० हजारले बढेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको