Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम मौका

अर्थ संसार

आइतबार, १० मंसिर २०८०, ०८ : २२ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम मौका

 सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज मंसिर १० गते अन्तिम दिन रहेको छ। बैंकले लाभांश सुरक्षित गर्न मंसिर ११ तोकेको छ जसअनुसार आजसम्म कायम रहेका सेयरहोल्डरले कम्पनीको साधारणसभा भाग तिन पाउनेछन भने उक्त साधारणसभाले घोषणा गरेको लाभांश पनि पाउनेछन।   

कम्पनी साधारणसभा आगामी मंसिर २४ गतेका लागि तय भएको छ । सभा लैनचौरस्थित लैनचौर ब्याक्वेटमा बस्नेछ ।

साधारणसभाले आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण छलफल गरि पारित गर्नेछ । सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। 

अन्य बैंक तथा वित्तीय संस्थासँग एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा सहमतिपत्र तयार गरी हस्ताक्षर गर्न, सम्पत्ति तथा दायित्व मूल्यांकन गराउने, नियमनकारी निकायसँग सहमति लिने कार्यका लागि प्रवन्ध पत्र तथा नियमावली संशोधन गर्नुपर्ने भएमा सो समेत गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय सभाले गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको