Like us!
Follow us!
Connect us!
Watch us!

गण्डकी मेडिकल कलेजमा सांग्रिला डेभलपमेन्ट बैंकका सेयरधनी र ग्राहकले छुट पाउने

अर्थ संसार

मंगलबार, २४ पुस २०८०, ०८ : ०९ मा प्रकाशित

गण्डकी मेडिकल कलेजमा सांग्रिला डेभलपमेन्ट बैंकका सेयरधनी र ग्राहकले छुट पाउने

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

बैंकका ग्राहक, बैंकका कर्मचारी तथा सेयरधनीलाई बिभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको बैंकले बताएको छ ।

सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. रविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका थिए। 

सम्झौता अनुसार गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरले बैंकका ग्राहक बैंकका कर्मचारी, तथा सेयरधनीलाई विभिन्न किसिमका स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरीकाबाट प्रदान गर्नेछ ।

स्वास्थ चेक जाँचमा कर्मचारी तथा सेयरधनी महानुभावहरुलाई १५ प्रतिशत र बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुटका साथ उपलब्ध गराइने व्यहोरा सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहकलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको