Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले पाँच तारे होटल दुसित प्रिन्सेसमा २५ प्रतिशतसम्म छुट पाउने

अर्थ संसार

मंगलबार, ०६ चैत्र २०८०, ०७ : १५ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले पाँच तारे होटल दुसित प्रिन्सेसमा २५ प्रतिशतसम्म छुट पाउने

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र पाँच तारे होटल श्री दुसित प्रिन्सेस काठमाडौँ बिच छुटसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

बैंकका ग्राहक महानुभाव र बैंकका कर्मचारीहरुलाई होटलसँग सम्बन्धित सेवा तथा सुविधाहरु (रेष्टुरेन्ट, आवाश तथा अन्य सुविधा) प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख संचालक अधिकृत अपूर्व प्रसाद जोशी र होटल दुसित प्रिन्सेस काठमाडौँ तर्फबाट उक्त होटलका क्लस्टर महाप्रबन्धक समिर बनर्जीले हस्ताक्षर गर्नुु भएको छ ।

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गरी होटल दुसित प्रिन्सेस काठमाडौंमा खाना तथा पेय पदार्थमा २० प्रतिशत तथा बैंकका कर्मचारीहरुले खाना तथा पेय पदार्थमा २५ प्रतिशत र आवाश लगायत अन्य सेवामा कर्पोरेट डिस्काउन्ट प्राप्त गर्ने भएका छन् ।

साथै बैंकका कर्मचारीहरुलाई भोजका निम्ति हलहरुमा पनि विशेष छुट दिएको व्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको