Like us!
Follow us!
Connect us!
Watch us!

आज सुरक्षित नगरे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले घोषणा गरेको लाभांश नपाइने

अर्थ संसार

आइतबार, १० मंसिर २०८०, ०८ : ४० मा प्रकाशित

आज सुरक्षित नगरे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले घोषणा गरेको लाभांश नपाइने

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज मंसिर १० गते अन्तिम दिन रहेको छ। बैंकले लाभांश सुरक्षित गर्न मंसिर ११ तोकेको छ जसअनुसार आजसम्म कायम रहेका सेयरहोल्डरले कम्पनीको साधारणसभा भाग तिन पाउनेछन भने उक्त साधारणसभाले घोषणा गरेको लाभांश पनि पाउनेछन।   

बैंकले मंसिर २३ गते, शनिबार ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल, मणिग्राम, रुपन्देहीमा पन्ध्रौँ वार्षिक साधारण  बिहान ११ बजे बोलाएको छ।

सभाले हाल कायम चुक्ता पूँजीको १०.५० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु अगाडी सारेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको