Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल वेयरहाउजिङ्ग कम्पनीको आइपिओ भर्नुअघि हेर्नुहोस् कम्पनीको विस्तृत प्रोफाइल

अर्थ संसार

आइतबार, १० मंसिर २०८०, १० : २५ मा प्रकाशित

नेपाल वेयरहाउजिङ्ग कम्पनीको आइपिओ भर्नुअघि हेर्नुहोस् कम्पनीको विस्तृत प्रोफाइल

आइतबार मङ्सिर १० गते देखि नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्दैछ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका आईपीओ निष्काशन गरिसकेपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

उक्त कम्पनीलाई नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङ लिमिटेडले ‘आइआरएन बिबि माइनस इस्स्युअर’ प्रमाणपत्र प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । नेपाल वेयरहाउजिङ्ग कम्पनी किसान, अन्न सङ्कलक, मिलर, व्यापारिक तथा औद्योगिक प्रयोजनका लागि खाद्यान्नको गोदाम सम्बन्धी आवश्यकताहरु पूर्ति गर्नका लागि स्थापना भएको कम्पनी हो । उद्योग विभागमा यस कम्पनीले संचालन र निर्माण गरिरहेको मुख्य तथा शाखा उद्योगहरु 
सेवा उद्योगको रुपमा दर्ता भएको छ ।

कम्पनीले प्रति शेयर एक सय रुपैयाँ अङ्कित दरमा १३ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । यसमध्ये १० प्रतिशतले हुन आउने एक लाख ३७ हजार पाँच सय कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, दुई प्रतिशतले हुन आउने २७ हजार पाँच सय कित्ता शेयर निष्काशनकर्ता कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि र पाँच प्रतिशतले हुन आउने ६८ हजार सात सय ५० कित्ता शेयर सामूहिक लगानी कोष योजनाहरुका लागि छुट्ट्याइएको छ । त्यसपछि बाकिँ रहेको ११ लाख ४१ हजार दुई सय ५० कित्ता सर्वसाधारणमा जारी गर्न लागिएको हो । आइपिओ निष्कासनपश्चात् कम्पनीको चुक्ता पुँजी ६८ करोड ७५ हजार रुपैयाँ पुग्नेछ जसमध्ये प्रमोटरको हिस्सा ८० प्रतिशत र सर्वसाधारणको हिस्सा २० प्रतिशत रहनेछ ।

कम्पनीको २०७८/७९ को वित्तीय विवरण अनुसार वास्तविक नेटवर्थ ८६.८६ रुपैयाँ रहेको छ । यस हिसाबले उक्त कम्पनीको दोस्रो बजारमा ओपनिङ रेञ्ज ८६.८६ देखि २६०.५८ रुपैयाँसम्म हुनेछ । अपरिष्कृत विवरण अनुसार कम्पनीको २०७९/८० को नेटवर्थ ८५.५५ रुपैयाँ रहेको छ । यसैगरी कम्पनीको प्रक्षेपित नेटवर्थ २०८०/८१ मा ९३.९६ र २०८१/८२ मा ११०.०७ रुपैयाँ रहेको छ । कम्पनीको २०७९/८०को प्रतिसेयर आम्दानी ८.८७ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रक्षेपित प्रतिसेयर आम्दानी २०८०/८१ मा ५.५२ र २०८१/८२ मा १६.११ रुपैयाँ रहेको छ । 

सेयर निष्कासनबाट उठेको पैसा ठेकेदार भुक्तानी तथा निर्माण कार्य, मेसिनरी जडान, मेसिनरी ढुवानी लगायतको कार्यमा खर्च हुने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको