Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिको समीक्षा नजिकिँदै गर्दा सेयरबजारमा उछाल, "गुड न्युज" को हावा चलेकै हो त ?

अर्थ संसार

आइतबार, १० मंसिर २०८०, १५ : ०८ मा प्रकाशित

मौद्रिक नीतिको समीक्षा नजिकिँदै गर्दा सेयरबजारमा उछाल, "गुड न्युज" को हावा चलेकै हो त ?

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा नजिकिँदै गर्दा आइतबार सेयर बजारमा उछाल आएको छ । गएको बुधबार दोहोरो अङ्कले बढेको सेयरबजार बिहीबार पनि थप ९.८७ अङ्कले बढेको थियो ।

आज ४७.२५ अङ्कले बढेर नेप्से परिसूचक १९०७.९५ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबारको दिन कुल एक अर्ब ३४ करोड ८३ लाख ४७ हजार ४ सय ३० रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम पनि बढेर दुई अर्ब एक करोड १७ लाख ६३ हजार तीन सय ५८ रुपैयाँ पुगेको छ । आज बजार सँगै कारोबार रकम पनि उत्साहजनक रुपमा बढेको हो ।

आज सर्वाधिक कमाउनेतर्फ छ्याङ्दी हाइड्रो, भगवती हाइड्रो, विजय लघुवित्त र स्वरोजगार लघुवित्त रहे । उक्त कम्पनीहरुको सेयर मूल्य १० प्रतिशत कै हाराहारीमा वृद्धि भयो । सोमबार सर्वाधिक गुमाउने मध्ये इन्फिनिटी लघुवित्त, आशा लघुवित्त र आत्मनिर्भर लघुवित्त रहे । ती कम्पनीको सेयरमूल्य २ प्रतिशत भन्दा बढीले घट्यो ।

आज लाइफ इन्स्योरेन्स उपसूचक सर्वाधिक ४.४४ प्रतिशतले बढ्दा फाइनान्स उपसूचक ३.९१ प्रतिशत र नन लाइफ इन्स्योरेन्स उपसूचक ३.६७ प्रतिशत बढ्यो । आज म्युचुअल फन्ड उपसूचक सबैभन्दा कम १.४१ प्रतिशतले बढ्दा होटल एन्ड टुरिजम उपसूचक १.८ प्रतिशत र अन्य उपसूचक १.८५ प्रतिशतले बढ्यो । आज कुनै पनि उपसूचक रातो भएन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको