Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ कृषि कम्पनीको आइपिओ हालसम्म सात गुणाले ओभरसब्सक्राइब्ड

अर्थ संसार

आइतबार, १० मंसिर २०८०, १७ : १६ मा प्रकाशित

मुक्तिनाथ कृषि कम्पनीको आइपिओ हालसम्म सात गुणाले ओभरसब्सक्राइब्ड

मङ्सिर ८ गते देखि खुलेको मुक्तिनाथ कृषि कम्पनीको आइपिओ ७.१८ गुणाले ओभरसब्सक्राइब्ड भएको छ ।

सिडिएससीको पछिल्लो विवरण अनुसार उक्त आइपिओमा सात लाख ५१ हजार आठ सय २९ जनाले ८२ लाख ५० हजार ५ सय ८० कित्ताका लागि आवेदन दिएका छन् जबकी कम्पनीले ११ लाख ४८ हजार कित्ताका लागि मात्र आवेदन माग गरेको थियो । मुक्तिनाथ कृषि कम्पनीले धितोपत्र बोर्डबाट प्रति शेयर एक सय रुपैयाँ अङ्कित दरमा १४ लाख कित्ता साधारण निष्कासन गर्न अनुमति पाएको थियो । 

यसमध्ये १० प्रतिशतले हुन आउने एक लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरु, तीन प्रतिशतले हुन आउने ४२ हजार कित्ता शेयर निष्काशनकर्ता कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि र पाँच प्रतिशतले हुन आउने ७० हजार कित्ता शेयर सामूहिक लगानी कोष योजनाहरुका लागि छुट्ट्याइएको छ । आइपिओ निष्कासनपश्चात् कम्पनीको चुक्ता पुँजी ७० करोड पुग्नेछ जसमध्ये प्रमोटरको हिस्सा ८० प्रतिशत र सर्वसाधारणको हिस्सा २० प्रतिशत रहनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको