Like us!
Follow us!
Connect us!
Watch us!

पिज्जा हटको मेनुमा अब थिन क्रस्ट पिज्जा

अर्थ संसार

आइतबार, १० मंसिर २०८०, २१ : १० मा प्रकाशित

पिज्जा हटको मेनुमा अब थिन क्रस्ट पिज्जा

पिज्जा हट नेपालको सबैभन्दा लोकप्रिय पिज्जा ब्रान्डले आफ्नो मेनुमा थिन क्रस्ट पिज्जा ल्याएको छ। पिज्जा हटले आफ्नो  मेनुमा नौलो स्वाद ल्याएको ब्रान्डले विश्वास लिएको छ ।

ह्यान्डक्राफ्टेड थिन क्रस्ट पिज्जाहरूको मुल्य  ४९९ रुपैयाँबाट सुरु हुने र पिज्जा हटको नेपालभर  रेस्टुरेन्टमा उपलब्ध हुने बताइएको छ । पिज्जा हट नेपालले नेपालको लागि विशेष रूपमा थिन क्रस्ट पिज्जा तयार गरेको र १२ विभिन्न टोपिङहरूमा उपलब्ध भएको जनाएको छ। 

इच्छुकले डाइन–इन वा टेक–अवेको लागि नजिकको पिज्जा हट रेस्टुरेन्टमा जान सक्ने वा भोज, फुडमान्डु, पठाओ जस्ता एग्रिगेटरद्वारा डेलिभरीको लागि अर्डर गर्न पनि सकिने पिज्जा हटले भनेको छ ।

हटले नियामक र आवश्यक स्वास्थ्य दिशानिर्देशहरू पालना गरेको र नेपालले उत्कृष्ट गुणस्तर र स्वाद सुनिश्चित गर्नका लागि सबै खाद्य तयारीहरूमा ताजा र उच्च गुणस्तरका सामग्रीहरू प्रयोग गरेको पनि कम्पनीले निकालेको विज्ञप्तिमा भनिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको